खगेन्द्र पराजुली,
२२ जेठ, नवलपुर ।
आज बिहीवार नेपालमा ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय १९ जना पुरुष र १५ जना महिला छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।
संक्रमित हुनेमा २ हजार ४ सय ५० जना पुरुष र १ सय ८४ जना महिला छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये १२ जना निको भएका छन् ।
१२ जना संक्रमणमुक्त भएसँगै कुल २ सय ९० जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले बताउनुभयो ।
आज डिस्चार्ज हुनेमा कलैया अस्पताल बारावाट ७ जना पुरुष र नारायणी अस्पताल बिरगञ्जका ५ जना डिस्चार्ज भएका छन् ।
अहिलेसम्म डिस्चार्ज हुनेमा २ सय ३४ जना पुरुष र ५६ जना महिला छन् ।
थप १ जना संक्रमित पाल्पाका ४५ बर्षका पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।
उनको पाल्पास्थित मिसन अस्पतालमा मृत्यु भएको हो ।
तीन दिनअघि २० गते उनको मृत्यु भएको हो ।
हालसम्म नेपालका ७७ जिल्लामध्ये ६५ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment