Thursday, June 4, 2020



खगेन्द्र पराजुली, 
२२ जेठ, नवलपुर । 

आज बिहीबार नवलपुरका २ वटा पालिकाका क्वारेन्टाईनमा बसेका ७९ जनाको स्वाव संकलन भएको छ । 

देबचुली नगरपालिकाका ६९ जना र बिनयी त्रिबेणीका १० जनाको गरी ७९ जनाको स्वाव परीक्षणका लागी पठाईएको जिल्ला स्वास्थय कार्यालय नवलपुरले जनाएको छ । 

कार्यालय प्रमुख केशव चापागाईका अनुसार देबचुलीबाट संकलित ६९ जनाको स्वाव नमूना पोखरा पठाईएको छ भने बिनयी त्रिबेणीका १० स्वाव नमूना भरतपुर पठाईएको छ । 

यसअघि नवलपुरका पहाडी गाउँपालिका बुलिङटार, बौदीकाली र हुप्सेकोटबाट संकलित १ सय ३२ स्वाव समेत पोखरामा परिक्षणका क्रममै रहेको जनाईएको छ । 

अव परिक्षण भई रिपोर्ट आउन बाँकी स्वाव २० गतेका १ सय ३२ र आजका ७९ नमूना छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *