खगेन्द्र पराजुली,
२३ जेठ, नवलपुर ।
सुर्खेतमा आरडी परीक्षण नेगेटिभ आएपश्चात् क्वारेन्टाईनवाट डिस्चार्ज भएका एक ब्यक्तिमा मृत्युपश्चात गरिएको पिसीआर परीक्षणमा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा बिरेन्द्रनगर सुर्खेतले मृतकमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा सुर्खेतको पञ्चपुरी १ का २० वर्षका युवक जेठ ८ गतेदेखि स्थानीय जनता माबिको क्वारेन्टाईन वसेको उल्लेख छ ।
२१ गते बुधवार गरिएको आरडीटीमा नेगेटिभ रिपोर्ट आएपछि सोही दिन डिस्चार्ज गरी होम क्वारेन्टाईनमा पठाईएका ती युवकको हिजो बिहीवार बिहान सवा २ बजे मृत्यु भएको हो । मृत्यु पश्चात स्वाव संकलन गरी प्रदेश अस्पताल सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोशालामा गरिएको परिक्षणमा कोरोना पोजेटिभ आएको जानकारी गराईएको छ ।
योसँगै नेपालमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।
कर्णाली प्रदेश सरकारले यसको आधिकारीक पुष्टि आज बिहान ८ बजे गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आफ्नो नियमित ब्रिफिङमा पुष्टि गर्ने देखिन्छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment