नेपालमा बालश्रम अन्त्यका लागि सरकारको तर्फबाट सवै खालको कार्यहरु गर्ने र बालबालिकाहरुको चौतर्फी विकासको लागि नेपाल सरकार प्रतिबद्ध रही संविधानत कार्यहरु गर्ने कुरामा प्रतिबद्धता रहेको कुरा नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले बताउनुभएको छ ।
स्वतन्त्रता अभियान नेपाल, ग्लोवल मार्च अगेन्ष्ट चाईल्ड लेवर लगायत बालबालिकाको क्षेत्रमा क्रियाशिल १० राष्ट्रिय सञ्जालहरु ( राष्ट्रिय बाल संरक्षण सञ्जाल, डयुकम अभियान, बालिका अधिकारका लागि राष्ट्रिय सञ्जाल, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, कन्सोर्टियम नेपाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मन्च, OP3 CRC Committee HRTMCC , समाहित शिक्षा मन्च, सामाजिक सुरक्षा नागरिक समाज संजाल र एसडिजी स्टुडीयोको संयुक्त आयोजनामा अनलाइनबाट सुरु गरिएको कार्यक्रमको उद्घाटन गर्नुहुँदै सो कुरा उहाँले बताउनुभएको हो ।
नेपालको संविधानले बालबालिकाको हक अन्तर्गत कुनै पनि प्रकारको शोषण, जोखीमपूर्ण, खतराजन्य काममा लगाउन निषेध गरेको छ । बालबालिका सम्बन्धी ऐन २०७५ ले पनि बालबालिकाको आर्थिक, शारीरिक तथा मानसिक शोषण गर्न नपाईने सुनिश्चित गरेको छ । बालश्रम ऐन ( निषेध र नियमन ऐन २०५६ ) ले १४ वर्षमुनीका बालबालिकाहरुलाई कुनै पनि प्रकारको श्रममा र १४ देखी १८ मुनिकालाई जोखीमपूर्ण, खतराजन्य काममा रोजगारी निषेध गर्दछ ।
कार्यक्रममा उपस्थिती सहभागीहरुद्धारा नेपाल सरकारले हालसम्म बालश्रम अन्त्यको लागि पहलहरु गरिराखेको र यसको प्रभावकारीताको लागि सरकारका ३ तहहरु संघीय, प्रदेश र स्थानीय तहहरुबाट नै एकीकृत रुपमा कार्यहरु सुरु गर्न सकेमा राम्रो हुने बताउनुभएको थियो ।
आज र भोली २ दिन सम्म सञ्चालन हुने सो कार्यक्रममा आज ४९७ जना देशको ७ प्रदेशका १९ देखी ३५ वर्षमुनीका युवाहरुको सहभागिता रहेको थियो ।
आजको पहिलो दिनमा ३ वटा फरक फरक विषयहरुमा युवाहरुद्धारा नै विषयबस्तुहरुको प्रस्तुतीकरण गरी नेपाल सरकारका पदाधिकारीहरु, गैरसरकारी निकायका पदाधिकारीहरु, नीजि क्षेत्रका पदाधिकारीहरुसहीतको उपस्थितीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको कुरा राष्ट्रिय बाल संरक्षण सञ्जालका अध्यक्ष ऋतु भट्ट राईले बताउनुभयो ।
कार्यक्रम भोली पनि सञ्चालन गरी घोषणापत्र जारी गर्दै समापन हुने कार्यक्रमको व्यवस्थापक अमितराज श्रेष्ठले बताउनुभयो ।
उद्घाटन समारोहमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधबप्रसाद ढुँगेल, कृष्ण सुवेदी, कृष्ण आचार्य र पूर्व बालश्रमीक एवम अभियन्ता दिप्ती भुजेलले आफ्नो मन्तव्यहरु राख्नुभएको थियो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment