खगेन्द्र पराजुली,
३१ जेठ, नवलपुर ।
हिजो पहिलो संक्रमित पुष्टि भएका मध्यबिन्दु नगरपालिकामा आज फेरी अर्का ब्यक्तिमा संक्रमण पुष्टि भएको छ ।
मध्यबिन्दुका ४५ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनायले जनाएको छ ।
संक्रमित ब्यक्ति जेठको दोस्रो साता भारतवाट आई क्वारेन्टाईनमा बसेका थिए ।
आज संक्रमण पुष्टि भएका मध्यबिन्दु १३ का ती ब्यक्ति मध्यबिन्दु ११ को बिरेन्द्र माबि, द्वारदहको कवारेन्टाईनमा बसेका भएका नगरपालिकाले जनाएको छ ।
हिजो संक्रमण पुष्टि भएका १७ बर्षका किशोर पनि सोही स्थानका थिए ।
बिरेन्द्र माबिको क्वारेन्टाईनमा २९ जना छन् ।
जेठ २२ गते संकलन गरी पठाईएको मध्यबिन्दुका १ सय २२ स्वाव नमूनामध्ये हिजो १ र आज १ जना गरी मध्यबिन्दुका २ जनामा संक्रमण फेला परेको छ । १ सय २२ मध्ये १२ स्वाव नमूना नेगेटिभ आएको जनाईएको छ ।
यस्तै, २२ गते नै देबचुलीबाट पठाईएका ६९ मध्ये यसअघि १७ जनाको रिपोर्ट प्राप्त भएपछि बाँकी रहेका ५२ मध्येपनि आज ३५ जनाको स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । देबचुलीको २२ गतेकै १७ जनाको स्वाव रिपोर्ट परिक्षण हुन बाँकी छ ।
यस्तै पर्वतमा ४ जना नयाँ संक्रमित फेला परेका छन् । निर्देशनालयले सार्वजनिक गरेको बिज्ञप्ति अनुसार यहाँ क्वारेन्टाईनमा बसेका १ बालक र २ किशोरमा संक्रमण पुष्टि भएको छ ।
कुस्मा नगरपालिकाका ६ बर्षका बालकमा र १७ बर्षकी किशोरीमा संक्रमण पुष्टि भएको जनाईएको छ भने जलजला गाउँपालिकाका १७ बर्षकै किशोरमा संक्रमण पुष्टि भएको छ ।
यस्तै महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष १६ का १ जना किशोरमा समेत कोरोनको संक्रमण देखिएको छ ।
आज गण्डकीमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित हुनेको संख्या १ सय ९७ पुगेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment