Friday, June 12, 2020


खगेन्द्र पराजुली, 
३० जेठ नवलपुर ।

नवलपुरका पहिलो संक्रमित सहित नवलपुरका ३ जना कोरोना संक्रमितलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेको छ ।  

नवलपुरको देबचुली १२ का पहिलो संक्रमित ४९ बर्षका पुरुष, बिनयी त्रिबेणी वडा नम्वर ६ का ४५ बर्षका पुरुष र देबचुली १ का १९ बर्षका किशोरलाई डिस्चार्ज गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले बिज्ञप्ति मार्फत सार्वजनिक गर्नुभएको छ । 

नेपाल सरकारको कोभिड १९ राष्ट्रिय परीक्षण निर्देशिका अनुसार १४ दिनको आईशोलेसनपछि सक्रमण फैलिने खतरा नहुने भएकाले डिस्चार्ज गरिएको बिज्ञप्तिमा उल्लेख छ । 

डिस्चार्ज भएकाले घरमा गएपछि १४ दिन फेरी होम क्वारेन्टाईनका नियमलाई पूर्ण पालना गर्नुपर्ने बताईएको छ । 

उनीहरुलाई सम्वन्धित पालिकाका प्रमुख, वडाअध्यक्ष र स्वास्थ्य शाखाका कर्मचारीको समन्वयमा डिस्चार्ज गरिएको जनाईएको छ । 

देबचुलीका ४९ बर्षका पुरुष ३१ औ दिनमा, बिनयी त्रिबेणीका ४५ बर्षका पुरुष २१ दिनमा र देबचुली १ कै १९ बर्षका किशोर १५ औं दिनमा डिस्चार्ज भएका छन् । 

भरतपुर अस्पतालले चितवनका थप ३ जनालाई आजै डिस्चार्ज दिएको छ । 

भरतपुर महानगरपालिका वडा नम्वर ६ का ५२ बर्षका संक्रमित २० औ दिनमा र ७३ र ७४ बर्षका २ जना २१ औ दिनमा डिस्चार्ज भएका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *