Friday, June 12, 2020


खगेन्द्र पराजुली, 
३० जेठ नवलपुर । 

देबचुलीबाट गएराती नियन्त्रणमा लिएको घरेलु मदिरा आज शुक्रवार प्रहरीले नष्ट गरेकोे छ । 

देबचुलीका २ ठाउँवाट प्रहरीले ओसारपसारमा संलग्न ब्यक्ति तथा ओसारपसारमा प्रयोग भएका मोटरसाईकल र अटो सहित २१ वटा घरेलु मदिराका ग्यालेन समेत नियन्त्रणमा लिएको थियो । 

अस्थायी प्रहरी कार्यालय दलदलेका प्रमुख अर्जुन रानाका अनुसार लकडाउनका समयमा लुकाईछिपाई रातीमा यहाँका ग्रामीण क्षेत्रबाट बजार क्षेत्रमा घरपाला रक्सी ओसारपसार हुने गरेको सुचना र गुनासा आईरहेकाले केही दिनदेखी प्रहरीले निगरानी वढाएकोमा देबचुली ११ को धारापानी चोक नजिकैबाट र देबचुली ८ को मुण्डेभन्दा केही तल गाबिस चोक नजिकबाट करीव ४ सय लिटर घरेलु मदिरा, मदिरा ओसारपसारमा संलग्न ब्यक्ति र प्रयोगमा आएका साधन नियन्त्रणमा लिईएको हो । 

रानाले ३ वटा अटो र ४ वटा मोटरसाईकलमा अबैध घरेलु मदिरा दलदलेतर्फ लैजादै गरेका १५ जनालाई  नियन्त्रण राखी अव आईन्दा यस्ता कार्य नगर्ने शर्तमा चेतावनी सहित आज बिहान छोडिएको बताउनुभयो । 

घरेलु मदिरा ओसारपसारमा बजारमा होटल ब्यवसाय गर्ने ब्यापारीदेखि गाउँमा मदिरा वनाई बेच्न लैजाने समेत संलग्न रहेको अस्थायी प्रहरी पोष्टका प्रमुख अर्जुन रानाले जानकारी दिनुभएको हो ।

जफत गरिएको मदिरा देबचुली १४ का वडाध्यक्षको रोहवरमा प्रहरीको सहयोगमा प्रहरी पोष्ट नजिकैको खोल्सामा पोखिएको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *