Saturday, June 13, 2020


खगेन्द्र पराजुली, 
३१ जेठ, नवलपुर । 

नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालबाट आज शनिवार पछिल्लो पुनः परीक्षणको रिपोर्ट नेगेटिभ देखिएसँगै एक जना डिस्चार्ज भएका छन् । 

आज डिस्चार्ज भएका कावासोती नगरपालिका वडा नं. १२ का ३६ बर्षका पुरुष हुन् ।

ती ब्यक्तिमा जेठ १८ गते संक्रमण पुष्टि भएको थियो । उनलाई १९ गते नै जिल्ला अस्पतालको आईशोलनमा राखिएको हो । 

यो संगै नवलपुरका २ जना परिक्षणबाटै संक्रमणमुक्त पुष्टि भएर डिस्चार्ज भएका छन् भने ३ जना कोभिड १९ राष्ट्रिय परीक्षण निर्देशिकाको मापदण्ड अनुसार १४ दिनको आईशोलेसनपछि भरतपुर अस्पतालबाट बिनापरीक्षण डिस्चार्ज भएका छन् । 

परिक्षण नै गरेर कोरोना नेगेटिभ आएका २ जना र निर्देशिका अनुसार ३ जना गरी ५ जना डिस्चार्ज भएका छन् । 

काठमाण्डौको युनिफाईड अस्पतालबाट देबचुली माईती भएकी १ महिला र जिल्ला अस्पताल डण्डाबाट कावासोतीका १ पुरुष संक्रमणमुक्त पुष्टि भएर र भरतपुरबाट देबचुलीका २ जना पुरुष र बिनयी त्रिबेणीका १ जना पुरुष परिक्षणबिना डिस्चार्ज भएका हुन्  । 

जिल्ला अस्पतालको आईशोलेसनमा अव ४ जना छन् । उनीहरुको भने पुनः परीक्षणमा पनि  कोरोना पोजेटिभ आएकाले डिस्चार्ज नगरिएको अस्पतालका कोरोना स्रोत ब्यक्ति डा. पुस्कर पौडेलले जानकारी दिनुभएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *