Sunday, June 14, 2020


खगेन्द्र पराजुली, 
३२ जेठ, नवलपुर । 

नवलपुरको देबचुलीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देबचुली ६ र ७ नम्वर वडाका २ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुने दुबै जना भारतवाट आई क्वारेन्टाईनमा बसेकाहरु हुन् । 

संक्रमित पुष्टि भएका देबचुली ७ घर भएका तर कालिका माबिको क्वारेन्टाईनमा बसेका ३२ बर्षका युवक र भीमसेन माबिको क्वारेन्टाईनमा बसेका देबचुली ६ का २३ बर्षका युवक हुन्  । संक्रमित पुष्टि हुनेको स्वाव संकलन भएको ११ औ दिनमा परिक्षण रिपोर्ट प्राप्त भएको छ । 

देबचुलीबाट २२ गते संकलन भएका ६९ स्वाव नमूना यसअघि १७ वटा, ३५ वटा र आज १३ वटाको  गरी जम्मा ६ स्वाव नमूनाको रिपोर्ट प्राप्त भएको देबचुली नगर स्वास्थ्य शाखाले जनाएको छ । अव देबचुलीका मात्रै पोखराबाट रिपोर्ट आउन बाँकी ४ र भरतपुरमा २८ गतेका ५२ गरी ५६ स्वाव नमूनाको रिपोर्ट आउन बाँकी छ । 

योसँगै देबचुलीका संक्रमितको संख्या ८ पुगेको छ । यीमध्ये ३ जना डिस्चार्ज भएका छन् । १ जना पुर्ण निको अर्थात् संक्रमणमुक्त भएर डिस्चार्ज भएकी हुन् भने २ जना आईशोलेशनको अवधि पुरा भएकाले कोभिड १९ राष्ट्रिय परीक्षण निर्देशिका बमोजिम भरतपुर अस्पतालले डिस्चार्ज गरेको हो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *