Sunday, June 14, 2020


खगेन्द्र पराजुली, 
३२ जेठ, नवलपुर । 

आज आईतवारसम्म नेपालमा कुल संक्रमितको संख्या ५ हजार ७ सय  ६० पुगेको छ । 

आजसम्म ५ हजार ३ सय २४ जना पुरुष र ४ सय ३६ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

नयाँ संक्रमण पुष्टि हुनेमा २ सय ४७ जना पुरुष र ३६ जना महिला छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये ६१ जनाले डिस्चार्ज पाएका छन् । 

६१ जना अस्पतालबाट डिस्चार्ज भएसँगै हालसम्म कुल ९ सय ७४ जनालाई घर पठाईएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

डिस्चार्ज हुनेमा पुरुष ८ सय ७७ जना र महिला ९७ जना रहेका छन् ।

हालसम्म नेपालका ७७ जिल्लामध्ये ७३ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ । आज रुकुम पुर्बमा संक्रमित फेला परेका छन् । 

जेठ १२ गते संक्रमण पुष्टि भएका गुल्मीका एक जना कोरोना संक्रमितको  हिजो मृत्यु भएसँगै नेपालमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *