शुशिल सुबेदी
१६ असार,
असार १५ राष्ट्रिय धान दिवसः स्याङजाको वालिङमा सडकमै धान रोपेर मनाएका छन् । तीनै तहका सरकारप्रति सांकेतिक बिरोध स्वरुप वालिङ–हुवास सडकखण्डको वालिङमा आमा समुह र युवा क्लवको अगुवाईमा स्थानीयले हिलाम्मे सडकमा धान रोपेका हुन् ।
पर्बतको दक्षिणी भाग पैंयु गाउँपालिका सहित बिहादी समेतलाई पायक पर्ने सहज सडकको रुपमा प्राथमिकतामा परेपनि सडक योजना शुरु भएको २७ बर्ष बित्दा समेत स्तरोन्नति र ब्यवस्थित नहुँदा स्थानीयबासी चिन्तित हुदै दवावमुलक सांकेतिक बिरोध गरिएको स्थानिय गोपाल गैह्रैले बताउनुभयो ।
सडक निर्माण र बिकासका नाममा शुरुमा अब्यवस्थित रुपमा जहाँ सजिलो हुन्छ त्यहाँबाट बाटोको ट्रयाक खोलेपछि बर्षेनी यहाँका केही बस्तीहरु बाढी–पहिरोको जोखिममा रहनुका साथै सडकको स्तरोन्नति नहुँदा यहाँ गुड्ने मोटरहरु बर्षेनी दर्जनौको संख्यामा दुर्घटनामा परी दर्जनौ मानिसले अकालमा ज्यान गुमाउनुपरेको अवस्था छ । बर्षतको समयमा यो सडकमा गाडी गुडाउदा र यात्रा गर्दा ज्यानकै बाजी लगाएर हिड्नुपरेको यातायात ब्यवसायी, यातायात मजदुर तथा यात्रु समेतले एक स्वरले बताउँदछन् ।
स्थानीयले सडकमा धान रोपेर दिवस मनाउँदा पञ्चेवाजा समेत बजाएका थिए । उनीहरुले त्यही दही–च्युरा समेत खाए । यो सांकेतिक बिरोधपछि पनि यहाँको सडकमा सरकारको आँखा नपुगे बिरोधको स्वरुप बदल्दै आन्दोलनमा उत्रिने चेतावनी स्थानीयले दिएका छन् ।
अघिल्ला बर्षमा पनि स्याङ्जा वालिङकै स्थानीयले बुटवल–पोखरा सडक खण्ड अन्तर्गत वालिङमै सडकको दुर्दशाप्रति ब्यंग्यात्मक बिरोध गर्दै हिलाम्मे सडकमा धान रोपेका थिए ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment