Wednesday, July 1, 2020


खगेन्द्र पराजुली, 
१७ असार, नवलपुर । 

नवलपुरको गैंडाकोटमा थप १० जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर प्रयोगशालामा भएको परिक्षणमा यहाँका २ महिला र ८ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा गैंडाकोटले जनाएको छ । शाखा प्रमुख झलकराज पौडेलका अनुसार संक्रमण देखिनेमा २ जना भारतवाट आएका र ८ जना अन्य मुलुकबाट आउनेहरु छन् । 

वहाँका अनुसार कुबेतबाट आएका ३, युएईका १, साउदी अरबका १, जापानका १, मलेसियाका १ र थाईल्याण्डबाट आएका १ जनामा संक्रमण भेटिएको छ ।  गैडाकोट वडा नम्वर ९ का ५० बर्षका, ६ का २६ बर्षका २ जना, २ का २५ बर्षका, १ का ४१ बर्षका, १४ का २७ बर्षका, १२ का ३० बर्षका, ५ का ३७ बर्षका पुरुष तथा वडा नं. ४ का २३ र ५१ बर्षका २ जना महिलामा कोरोना भाईरस संक्रमण फेला परेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । 
आज पुष्टि भएका १० संक्रमित थपिएसँगै नवलपुरमा संक्रमित संँख्या २ सय ३० पुगेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *