खगेन्द्र पराजुली,
१७ असार, नवलपुर ।
कावासोतीको कालीगण्डकी अस्पतालको फार्मेसीबाट बेचिएको औषधिमा किरा सहित फोहोर भेटिएको छ ।
नेपाल फर्मासिट्युकल्स ल्यावोरोटोरी जितपुर बिरगञ्जले उत्पादन गरेको एमोक्सिलिन पोटासियम क्याभोल्टानेट ५ सय एमजीको ट्वावलेटमा फोहोर सहित किरा समेत भेटिएको औषधि सेवनकर्ताले बताएकी हुन् ।
कम्पनीले जनवरी २०२० मा उत्पादन गरेको ब्याच नम्वर ७६०९८ को एएमएक्स सिभी ६२५ औषधि गुणस्तरहिन फेला परेको हो ।
जेठ १४ गते कानमा समस्या आएर कालीगण्डकी अस्पतालमा उपचारका लागी आएकी देबचुली १५ की २१ बर्षकी मनिषा पुरीलाई सिफारीस गरिएको औषधि सेवनपछि कानको समस्या भएकी उनलाई वाक्वाकी हुने, श्वासप्रश्वासमा समेत समस्या आएको उनका अभिभावकले समेत बताएका छन् ।
१४ गते बेलुकादेखि नियमित दैनिक ३ चक्की औषधि खाँदा अन्य समस्या देखिएपछि हिजो मंगलवार औषधि खान लाग्दा किरा सहित चक्कीमै प्वाल परेको र सेतो ट्यावलेटको बाहिरी फेरोमा पुरै कालो र खैरो किराको शरीरबाट निश्काशन भएको फोहोरले ढाकिएको अवस्थामा भेटिएको औषधि नै देखाउनुभएको छ ।
उक्त औषधि खान छोडेपछि अहिले बिरामीलाई क्रमिक सुधार भएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment