खगेन्द्र पराजुली,
१९ असार, नवलपुर ।
चोरमारामा शाखा कार्यालय रहेको सेन्चुरी कमर्सियल बैंकले बिद्यालयमा रहेका अनाथ बालबालिकाका लागी शैक्षिक सामाग्री बितरण गरेको छ ।
बैंक स्थापनाको १९ औं बार्षिकोत्सवको अवसर पारेर मध्यबिन्दु १ सेतापानीको बिद्यालयमा पढ्ने २२ जना अनाथ बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको बैकका शाखा प्रमुख राजेश खरेलले जानकारी दिनुभयो ।
प्रति ब्यक्ति १ हजार रुपैया बरावरको कापी, कलम सहितको सामग्री बितरण गर्दा २२ हजार बरावरको शैक्षिक सामग्री प्रदान गरेको शाखा प्रमुख खरेलले बताउनुभयो ।
बिद्यालयमै पुगेर हस्तान्तरण गरिएको कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका संस्थापक अध्यक्ष टिकाराम महतोले गर्नुभएको थियो भने शिक्षाप्रेमी भीमलाल अधिकारीको समेत उपस्थिति रहेको थियो ।
शान्ति आधारभूत बिद्यालय अन्तर्गत शान्ति अनाथालय बाल उत्थान सेवा केन्द्रमा रहेका २२ जना बालबालिकालाई बिद्यालयमा आवासीय रुपमा राखेर पठनपाठन सहित लालनपालन समेत गर्दै आएको बिद्यालयका प्रधानाध्यापक दधिराम सापकोटाले बताउनुभएको छ ।
बिभिन्न सहयोगी संस्था तथा ब्यक्तिहरुद्धारा प्रदान गरिएको सहयोग तथा बिद्यालयको आन्तरीक स्रोत समेत उपयोग गरी ती बालबालिकाका लागी निशुल्क रुपमा हेरचाह भैरहेको छ ।
बैकले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै मध्यबिन्दु नगरपालिका क्षेत्रमा संस्थागत रुपमा जिन्सी, नगद सहयोगका साथै समुहगत कृषकका लागी परामर्श सहितका गतिबिधि समेत सञ्चालन गर्दै आएको जनाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment