खगेन्द्र पराजुली,
१९ असार, नवलपुर ।
शुक्रवार थप ७ सय ४० जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा संक्रमित हुनेको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
यस्तै, आज थप एक जनाको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । थप एक जनाको मृत्यु पुष्टिसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।
काठमाण्डौ नयाँ बानेश्वरका ८७ बर्षका संक्रमित बृद्धको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।
उच्च रक्तचाप र पार्किसनका ती बिरामीको असार १७ गते एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८ सय २३ जना डिस्चार्ज भएसँगै हालसम्म ६ हजार १ सय ४३ जना डिस्चार्ज भएको मन्त्रालयले आफ्नो आधिकारीक बक्तब्यमा जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment