खगेन्द्र पराजुली,
२० असार, नवलपुर ।
नवलपुरकै पहिलो संक्रमित पुष्टि भएको देबचुली नगरपालिकामा संक्रमितको संख्या २२ पुगेको छ । संक्रमितमध्ये ६ जना महिला र १६ जना पुरुष रहेको नगर स्वास्थ्य शाखाले आफ्नो अद्यावधिक बिवरणमा समेटेको छ ।
देबचुलीका संक्रमण पुष्टि भएकाहरु १९ बर्षदेखि ४९ बर्ष उमेर समुहका छन् ।
यहाँका १ जना बाहेक सबै भारत तथा तेस्रो मुलुकबाट आएकाहरुमा संक्रमण पुष्टि भएको हो ।
एक जना पनि बुटबल घर भई देबचुली माईती घरमा १० दिन बसी काठमाण्डौमा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएकाले नवलपुर माईती ठेगाना उल्लेख गरेका कारण यहाँको तथ्याङ्कमा अद्यावधिक गरिएको हो ।
देबचुली नगरपालिकाका ५, ९ र १० नम्वर वडा बाहेक १४ वटा वडाका मानिसमा संक्रमण देखिएको छ ।
स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले उपलब्ध गराउनुभएको बिवरणमा वडा नम्वर ७ र १६ मा तीन–तीन जना गरी ६ जना, वडा नम्वर १, १२, १५ र १७ मा दुई–दुई जना गरी ८ जना तथा वडा नम्वर २, ३, ४, ६, ८, ११, १३ र १४ का एक–एक जना गरी ८ जना सहित जम्मा २२ जनामा संक्रमण पुष्टि भएको बताईएको छ ।
संक्रमितमध्ये नगरपालिकाको तथ्याङकमा ४ जना डिस्चार्ज भएको बिवरण छ । वडा नं. १२, १५, २ र ६ का एक–एक जना सहित ४ जना डिस्चार्ज भई घर फर्किएको जनाईएको छ । भरतपुरले डिस्चार्ज गरेका वडा नं. १ का १९ बर्षका किशोर भने प्राकृतिक आईशोलेशनमा बसेका छन् ।
नवलपुरमै पहिलो संक्रमण पुष्टि हुँदा देबचुली १२ का ४९ बर्षका भारतवाट आएका पुरुषमा जेठ १ गते संक्रमण पुष्टि भएको हो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment