खगेन्द्र पराजुली,
२१ असार, नवलपुर ।
रजहरस्थित प्राकृतिक आईशोलेशनमा बसेका संक्रमितमध्ये आज ४९ जनामा कोरोना नेगेटिभ देखिएको छ ।
योसँगै थप ४९ जना संक्रमणमुक्त भई निको भएको पुष्टि भएको चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले बताउनुभयो ।
आज आईतवार प्राप्त स्वाव नतिजामा नेगेटिभ पुष्टि भएसँगै उनीहरुलाई डिस्चार्ज गर्ने तयारीमा रहेको वहाँले बताउनुभएको छ ।
अहिले डिस्चार्ज हुनेहरुको डकुमेण्टेशनको काम गईरहेको जनाईएको छ ।
यस्तै, आजै भरतपुर अस्पतालबाट गैंडाकोट १७ का २ जना समेत डिस्चार्ज भएको गैंडाकोट नगर स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले बताउनुभएको छ ।
योसँगै नवलपुरमा डिस्चार्ज हुनेको संख्या १ सय ६ पुग्छ ।
नवलपुरमा पछिल्लो तथ्याङ्क अनुसार संक्रमितको संख्या २ सय ५७ रहेको छ ।
आज रजहरबाट डिस्चार्ज हुनेमा गैंडाकोटका २ जना, हुप्सेकोटका २ जना, बिनयीत्रिबेणीका ३ जना, मध्यबिन्दुका १७ जना, देबचुलीका १ जना, बौदीकालीका २२ जना, बुलिङटारका १ जना र देबघाटका १ जना गरी ४९ जना छन् ।
आज रजहरबाट डिस्चार्ज हुनेमा गैंडाकोटका २ जना, हुप्सेकोटका २ जना, बिनयीत्रिबेणीका ३ जना, मध्यबिन्दुका १७ जना, देबचुलीका १ जना, बौदीकालीका २२ जना, बुलिङटारका १ जना र देबघाटका १ जना गरी ४९ जना छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment