Sunday, July 5, 2020


खगेन्द्र पराजुली, 
२१ असार, नवलपुर । 

गैंडाकोट नगरपालिकामा संक्रमितको संख्या २९ पुगेको छ । संक्रमितमध्ये ६ जना महिला र २३ जना पुरुष रहेका गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । 

शाखा प्रमुख पौडेलका अनुसार यहाँका ५ जना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा वडा नम्वर १ र १७ का २ जना पुरुष तथा १७ कै १ महिला हुन् । यस्तै रजहरको आईशोलेशनबाट वडा नं. ३ र ७ का २ जना पुरुष डिस्चार्ज भएका छन् । 

गैंडाकोटको वडा नम्वर १ मा ६ जना, ३, ४, ५ र १३ मा तीन–तीन जना गरी १२ जना, ६, १२, १४ र १७ का दुई–दुई जना गरी ८ जना, २, ७ र ९ का एक–एक जना सहित २९ जनामा संक्रमण देखिएको छ । 

गैंडाकोटको वडा नम्वर ८, १०, ११, १५, १६ र १८ बाहेक अरु १२ वटा वडाका मानिसमा संक्रमण देखिएको नगरपालिकाको बिवरणमा उल्लेख छ ।  

यहाँका १ जना भरतपुर र १ जना मध्यबिन्दु जिल्ला अस्पतालको आईशोलेशनमा छन् भने बाँकी २२ जना रजहरस्थित प्राकृतिक आईशोलेशनमा छन् । 

गैडाकोटमा हालसम्म ३ सय ४ वटा स्वाव नमूना संकलन भएका छन् । जसमध्ये २६ स्वाव नमूना आज आईतवार संकलन गरी परीक्षणका लागी भरतपुरस्थित प्रयोगशाला पठाईएको स्वास्थ्य शाखा स्रोतले जनाएको छ । 

गैडाकोटमा रिपोर्ट आउन ढिला हुदा क्वारेन्टाईनमा संक्रमितको निकट सम्पर्कमा रहेका ब्यक्ति सहित स्वाव संकलनमै नियमित खटिने स्वास्थ्यकर्मी समेतको गरी १४ जनाको स्वाव संकलन दोहोर्याएर गरिएको भए पनि त्यसरी दोहोर्याएकोमा रिपोर्ट नेगेटिभ नै आएको छ । 

यहाँका २ सय ९० जनाको स्वाव संकलन भएको छ । 

यहाँ अहिलेसम्म सामुदायिक क्वारेन्टाईनमा बसेका र पिसीआर रिपोर्ट नेगेटिभ आएका १ सय ४१ जनालाई क्वारेन्टाईनवाट बिदाई गरिएको र यहाँको सामुदायिक क्वारेन्टाईनमार्फत २७ जना संक्रमितलाई आईशोलेशनमा रिफर गरिएको जनाईएको छ । 

१ जना होम क्वारेन्टाईन र १ जना होटल क्वारेन्टाईनमा बसेकामा संक्रमण देखिएको हो । 

आज गैंडाकोटको सामुदायिक क्वारेन्टाईनमा ६ महिला र ३५ पुरुष गरी ४१ जना छन् । 
जसमध्ये ९ जना मात्रै भारतवाट आएका छन् भने बाँकी तेस्रो मुलुकबाट हवाईयात्रामार्फत आएकाहरु क्वारेन्टाईनमा बसेका छन् ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *