Monday, July 6, 2020



खगेन्द्र पराजुली,
२२ असार, नवलपुर ।

नवलपुरमा थप १ जनामा संक्रमण पुष्टि भएको छ । नवलपुरको बिनयी त्रिबेणी ७ का २४ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थय कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।

आज संक्रमण पुष्टि भएका ती युवक भारतको हैदरावादबाट आएका हुन् ।

उनी पालिकाको क्वारेन्टाईनमा बसेका थिए ।

गत असार १९ गते २४ स्वाव नमूना संकलन गरि परीक्षणका लागी हेटौडा पठाईएकोमा १ जनामा मात्र पोजेटिभ देखिएको हो । वाँकी २३ स्वाव भने नेगेटिभ आएको छ ।

योसँगै नवलपुरमा कोभिड १९ संक्रमितको संख्या २ सय ५८ पुगेको छ । तीमध्ये १ सय ६ जना डिस्चार्ज भएका छन् ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *