Wednesday, July 8, 2020



खगेन्द्र पराजुली, 
२४ असार, नवलपुर । 

नवलपुरमा थप २ जनामा संक्रमण पुष्टि भएको छ । नवलपुरको गैंडाकोटका  २ जनामा संक्रमण पुष्टि भएको गैडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभएको छ । 

वहाँका अनुसार २२ गते सोमवार संकलन गरी हेटौंडा प्रयोगशाला परीक्षणका लागी पठाईएका ६६ स्वावमध्ये २ जनामा पोजेटिभ देखिएको छ भने बाँकी ६४ स्वाव नमूनाको रिपोर्ट नेगेटिभ आएको छ । 

आज पोजेटिभ रिपोर्ट आउने गैंडाकोट वडा नम्वर १ का २० बर्षका किशोर र ८ का ५७ बर्षका पुरुष भएको जनाईएको छ । २० बर्षका किशोर असार १७ गते दुबईबाट आई क्वारेन्टाईनमा बसेका थिए भने ५७ बर्षका अर्का पुरुष असार १५ गते भारतको दिल्लीबाट आई क्वारेन्टाईनमा बसेका नगर स्वास्थ्य शाखाले जनाएको छ । 

योसँगै गैंडाकोटमा संक्रमित हुनेको संख्या ३१ पुगेको छ भने नवलपुरमा संक्रमण पुष्टि हुनेहरुको संख्या २ सय ६० पुगेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *