Wednesday, July 8, 2020

प्रदेशको तथ्याङ्कमा म्याग्दीका १ र नवलपुरका ३ जनाको बिवरण अद्यावधिकमा छैन 


खगेन्द्र पराजुली, 
२४ असार, नवलपुर । 

गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमित हुनेको संख्या १ हजार १ सय २० पुगेको छ । 

म्याग्दीमा दुई जना, बाग्लुङमा १ जना, तनहुँमा १ जना र नवलपुरमा २ जना नयाँ संक्रमित थपिएसँगै गण्डकीमा संक्रमित हुनेको संख्या १ हजार १ सय २० पुगेको हो ।

यद्यपि, प्रदेश जनस्वास्थ्य कार्यालयको बिवरणमा १ हजार १ सय १६ जनामा मात्र संक्रमण पुष्टि भएको बिवरण अद्यावधिक छ । प्रदेशको बिवरणमा म्याग्दीको १ र नवलपुरका ३ जना नयाँ संक्रमितको तथ्याङ्कमा अद्यावधिक भएको छैन । 

म्याग्दीको मंगला गाउँपालिका–२ का ३५ वर्षीय पुरुष र बेनी नगरपालिका–१ का ३३ वर्षीय पुरुष गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभएको छ । यद्यपि, मंगलाका ३५ बर्षका युवकको जनस्वास्थ्य निर्देशनालय गण्डकीको बिवरणमा अद्यावधिक गरिएको छैन ।

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख लम्सालका अनुसार पोजेटिभ पुष्टि भएका २ जनाको प्रयोगशालावाट पठाईएको रिपोर्ट नै आईसकेकाले आईशोलेशनमा पठाईसकिएको छ । 

यस्तै नवलपुरमा आज थप २ जनामा संक्रमण पुष्टि भएको छ । नवलपुरको गैंडाकोटका  २ जनामा संक्रमण पुष्टि भएको गैडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभएको छ । 

नवलपुरका हिजो पुष्टि भएका बिनयी त्रिबेणीका १ जना र आज पुष्टि भएका गैंडाकोटका २ जना गरी ३ जनाको बिवरण समेत गण्डकी जनस्वास्थ्य निर्देशनालयमा अद्यावधिक भएको छैन । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *