Monday, June 29, 2020


खगेन्द्र पराजुली, 
१५ असार, नवलपुर । 

मोटरसाईकलले ठक्कर दिँदा गम्भीर घाईते भएका मध्यबिन्दुका एक बृद्धको निधन भएको छ । मध्यबिन्दु ७ अमरसामा आईतवार भएको  दुर्घटनामा सोही ठाउँका ७४ बर्षका बृद्ध घाईते भएका थिए । 

भित्री सडकमा भएको दुर्घटनामा मध्यबिन्दु ९ बसन्तपुरका २३ बर्षका बिजय श्रेष्ठले चलाएको ना २४ प ४९१८ नम्वरको पल्सर मोटरसाईकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

कार्यालयका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार दक्षिणबाट उत्तरतर्फ जादै गरेको मोटरसाईकलले बिपरीत दिशावाट साईकलमा आउँदै गरेका बृद्धलाई ठक्कर दिएको हो । 

टाउकोमा चोट लागेपछि गम्भीर अवस्थामा पुगेका रोमबहादुर मल्ललाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पुर्याई उपचार भए पनि आज सोमवार बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । 

मोटरसाईकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *