Monday, June 29, 2020



खगेन्द्र पराजुली, 
१५ असार, नवलपुर ।  

नवलपुरको अस्थायी कोभिड अस्पताल, सामुदायिक प्राकृतिक चिकित्सालयबाट आज १६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या नवलपुरमा ५६ पुगेको छ । 

आज डिस्चार्ज हुनेमा मध्यबिन्दुका १ जना, कावासोतीका ८ जना जसमा कावासोतीमा बस्दै आएका धनुषाका एक जना समेत रहेका छन् । यस्तै, बुलिङटारका ६ र बिनयीत्रिबेणीका १ जना आजै डिस्चार्ज भएका हुन् । 
यस्तै, आज बुलिङटारका २ जनामा संक्रमण पुष्टि भएको छ ।
बुलिङटार वडा नम्वर ३ का २८ र ४ का २६ बर्षका युवकमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय स्रोतले जनाएको छ । स्वाव परिक्षणको रिपोर्ट भरतपुरको प्रयोगशालाबाट प्राप्त भएको हो । योसँगै नवलपुरमा संक्रमित हुनेको संख्या २ सय २० पुगेको छ । 

यस्तै देबचुली १ का अर्का संक्रमित १९ बर्षका किशोरको पुनः परिक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा देबचुलीका प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । ती संक्रमित किशोरलाई पनि भरतपुर अस्पतालले जेठ ३२ गते परिक्षण नगरी निर्देशिका अनुसार डिस्चार्ज दिएको थियो । ती ब्यक्ति डिस्चार्जपछि घरमा छुट्टै बस्ने बातावरण नभएकाले नगर स्वास्थ्य शाखाको आग्रहमा प्राकृतिक आईशोलेशनमा बस्दै आएका छन् । भरतपुरले डिस्चार्ज गरेकामध्ये २ जनामा अझै कोभिड १९ को संक्रमण पोजेटिभ आएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *