Monday, July 13, 2020


खगेन्द्र पराजुली, 
२९ असार, नवलपुर । 

देबचुली नगरपालिकाले डम्पिङ गरेको फोहोर बाढीले बगाउँदा स्थानीयको खेतीबाली प्रभावित बनेको छ । 
नगरपालिकाले प्रयोगमा ल्याएको २ बस्तीका बीचको घोलमा बाढी पसेपछि सबैखाले फोहोरका बोरा र छिरलिएका साना ठूला प्लाष्टिकजन्य फोहोरले देबचुली ११ का स्थानीयले भर्खर रोपेको धानको रोपो बिगारेको  कृष्णप्रसाद तिवारीले बताउनुभयो । 

वहाँका अनुसार अव पनि शनिवारदेखी परेजस्तै पानी परिरहने हो भने बाढीले आफ्नो बाटो बनाईसकेकाले बस्तीमा समेत खतरा बढेको छ । अहिले नै डम्पिङ साईडबाट बगेर आएको फोहोर सो ठाउँदेखी तलतिरका खेतका गरा हुँदै १३ नं. वडा दलदलेको भाग्यपुरीसम्म पुगेको छ । फोहोर डम्पिङ गरिएको ठाउँमा बजारबाट निस्किएका कुहिनेजन्य पदार्थ समेत रहेकाले ती बस्तुबाट दुर्गन्ध आउन थालेकोले सरुवा रोगको महामारी फैलिन सक्ने  सम्भावना समेत रहेकोले स्थानीयबासी त्रसित छन् । 

अहिले नगरपालिकाले प्रयोगमा ल्याउँदै आएको फोहोर फाल्ने स्थान वडा नं. ११ र १२ को सिमाना क्षेत्र हो । 
नगरपालिकाले बस्तीदेखी टाढा फोहोर फाल्ने ठाउँको पहिचान गर्न नसक्दा शुरुवाती बिकल्पका रुपमा यसलाई उपयोग गर्दै आएको छ । 

यो पुरानो प्राकृतिक घोल भएकाले बर्षातको समयमा यहाँ माथीवाट बगेर आउने भल–पानी यही ठाउँ भएर बग्ने गर्छ । 

नगरपालिकाले यहाँको ३ सय मिटरभन्दा केही बढी घोल क्षेत्रलाई डम्पिङ गर्ने थलो बनाएको छ । केही भाग पुरेको पनि छ तर बाढीले पुरेको भाग समेत बगाएर लगेको छ । 

प्राकृतिक निकासलाई केही सिमित जग्गाधनीले आफ्नो स्वार्थका लागी ल्याण्डफिल दिदा तलतिरका बस्तीमा प्रभाव परेको छ । पानीको प्राकृतिक निकास पुर्दा भबिश्यका लागी खतरा बढ्ने पनि देखिनछ । 

डम्पिङ साईडका कारण प्रभाबितहरुले सो ठाउँमा फोहोर नफाल्न माग गरेका छन् । 

नगरपालिकाले भने ग्याबिन गरेर फोहोर बग्न नदिने गरी काम थाल्ने जनाएको छ । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *