खगेन्द्र पराजुली,
२९ असार, नवलपुर ।
कावासोती नगरपालिकाले छनोटमा परी तालिममा सहभागी भएका गरीव तथा बिपन्न महिलालाई ईलेक्ट्रीक टुल्स प्रदान गरेको छ ।
वडा नं. १ देखी १७ सम्मका ४० जना महिलाहरुलाई नगरपालिकाले यसअघि नै हाउस वायरिङसँग सम्वन्धित ईलेक्ट्रिक तालिम प्रदान गरेको थियो ।
तिनै तालिम लिएका महिलालाई ५ लाख वरावरको टुल्स प्रदान गरिएको नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले बताउनुभएको ।
उपमेयर मर्दनियाले महिलाहरु स्वमंको आर्थिक रुपान्तरणमा नगरपालिकाको दृष्टि पुगेकाले सीप र ज्ञान भयो भने महिलाले पनि पुरुष सरह काम गर्न सक्ने क्षमतामा बिकास गरी काम गर्ने उत्प्रेरणा नगरपालिकाले जगाएके बताउनुभएको छ ।
वहाँले तालिममा सिकेको ज्ञान, सीपलाई ब्यवहारमा उतार्दै आफुलाई दक्ष प्राबिधिकका रुपमा स्थापित गराउन शुभकामना समेत दिनुभएको छ ।
तालिम पाएपश्चात् आफुहरुमा काम गर्ने हिम्मत आएको त्यसैमाथी नगरपालिकाले थप सामाग्री समेत उपलब्ध गराएकाले अव घर बायरिङको काममा ब्यवसायिक रुपमै लाग्न उत्प्रेरणा जागृत भएको वायरिङ गर्दा चाहिने सहयोगी सामाग्री बुझ्नेक्रममै सहभागीले प्रतिक्रिया दिए ।
उता, देवचुली नगरपालिकाले नेपाल पत्रकार महासंघ नवलपुरलाई एक थान कम्प्युटर प्रदान गरेकोे छ । नगर प्रमुख पुर्णकुमार श्रेष्ठले नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटलाई कम्प्युटर हस्तान्तरण गर्नुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment