Friday, July 17, 2020


खगेन्द्र पराजुली
२ साउन, नवलपुर । 

देबचुलीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देबचुलीमा संक्रमण पुष्टि हुनेको संख्या २५ पुगेको छ भने नवलपुरमा कोरोना संक्रमित  संख्या  २ सय ९८ पुगेको छ । 

यस्तै नवलपुरमा डिस्चार्ज हुनेको संख्या १ सय ५७ रहेको छ । 

आज संक्रमण पुष्टि हुनेमा १ महिला र २ पुरुष छन् । 

संक्रमित तिनै जना क्वारेन्टाईनमा रहेको नगरपालिकाले जनाएको छ । 

भारतको दिल्लीबाट आई असार २३ गते क्वारेन्टाईनमा बसेकी वडा नं. ३ की ४० बर्षकी महिला, असार २३ गते दुबईबाट आएर क्वारेन्टाईनमा बसेका १० नं. वडाका ३७ बर्षका पुरुष र साउदी अरवबाट असार २६ गते आएर क्वारेन्टाईनमा बसेका वडा नं. १७ का २४ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । 

संक्रमित पुष्टि हुनेमा नवलपुरका आठ वटै पालिका अन्तर्गत गैंडाकोट नगरपालिकामा ५०, देबचुली नगरपालिकामा २५ कावासोती नगरपालिकामा ४६ र मध्यबिन्दु नगरपालिकामा ५०  जना पुगेका छन् । 

यस्तै, बिनयी त्रिबेणी गाउँपालिकाका १९, हुप्सेकोट गाउँपालिकाका ३४, बुलिङटार गाउँपालिकाका ३८ र बौदीकाली गाउँपालिकाकाका ३६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले आजको अद्यावधिक बिवरणमा उल्लेख गरेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *