Tuesday, July 21, 2020


खगेन्द्र पराजुली, 
६ साउन, नवलपुर ।  
पहिरोले २ जनाको गयो ज्यान 
बुलिङटार 
पहिरोले पुरिएर नवलपुरको पहाडी गाउँपालिका बुलिङटार वडा नं. २ डाडाँझेरीमा २ जनाको निधन भएको छ । निरन्तरको बर्षासँगै आएको पहिरोले यहाँको एक घर भत्किदा पुरिएर ६१ बर्षका शेरबहादुर सार्की र उनका ५७ बर्षीया श्रीमती खिलमाया नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायब निरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभएको छ । 
वहाँका अनुसार यहाँ पशुचौपायमा समेत क्षति पुगेको छ । 

सेहरीमा सबैभन्दा बढी जोखिम २१ घर परिवार स्थानान्तरणः 
मध्यबिन्दु
नारायणी नदी किनारमा रहेको मध्यबिन्दु नगरपालिका वडा नम्वर २ को सेहरी अन्तर्गत भुताहा बस्तीका २१ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 
नारायणीको ब्याक वाटर बस्तीमा पस्न थालेपछि यहाँका २१ घर धुरीलाई लिटल फ्लावर सोसाईटिज स्कूलमा अस्थायी स्थानान्तरण गरिएको वडाध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो । 
वहाँका अनुसार सेहरीमा नारायणी नियन्त्रणका लागी बाधिएको ग्याबिन ड्याम फुट्नसक्ने सम्भावना भएकाले स्थानान्तरण गरिएको हो । 
त्यहाँको अवस्थाका बारेमा बताउँदै वहाँले भन्नुभयो कामना गरौं नदी बस्तीमा नपसोस् तर तल ब्यारेजका सबै ढोका खोलेपनि नारायणीको सतह घरी घटे पनि घरी घरी बढेको छ त्यसैले साबधानी अपनाउँदै सुरक्षित स्थानमा राखिएको हो । 
अहिले जोखिम मानिएको ठाउँवाट ड्याम फुटेर बस्तीमा पस्यो भने यहाँको वडा नं. २, १२ र १५ का बस्तीसहित धेरै खेतीयोग्य जमिन कटान गर्दै नदीले अर्को भंगालो कायम गर्न सक्छ । अहिलेको सेहरी नदीबीचमा टापु बन्न सक्ने सम्भावना रहन्छ वहाँले भन्नुभयो । 


पुर्बपश्चिम मुख्यमार्ग अवरुद्ध
मध्यबिन्दु नगरपालिकाको चोरमारास्थित चौरंगी फूलबारीदेखि पश्चिमको ढिस्को पहिरो जाँदा मुख्य मार्ग अवरुद्ध भएको छ । 
आज मंगलबार बिहान पहिरो गएपछि सडकमा अवरोध भएको हो । सामान्य पहिरो गएकाले जेसिभी लगायतका साधन प्रयोग गरेर पहिरो पन्छाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

खर्सानखोलाको मोटरेवल पुल जोखिममा
बौदीकाली 
यस्तै, बौदीकाली गाउँपालिकाका प्रमुख प्रशाखकीय अधिकृत प्रदिपचन्द्र सुबेदीका अनुसार वडा नं. १, २, ३ र ४ का ४ वटा घरमा क्षति पुगेको छ । वडा नं. १ मिथुकरमका खिमचन्द्र भण्डारी, ४ का डिलकुमारी अस्लामीको घरमा क्षति पुगेको हो भने डेडगाउँ र रकुवामा पनि १–१ वटा घरमा क्षति पुगेको मौखिक जानकारी आएको बताउनुभएको छ । 
नवलपुरतर्फको बौदीकाली र तनहुँ तर्फको घिरिङ जोड्ने खर्सानखोलाको मोटरेवल पुल बाढीले प्रभाव पार्न सक्ने जोखिममा रहेको वहाँले बताउनुभयो । 
प्रशाशकीय अधिकृत सुवेदीका अनुसार निरन्दी र बौदीखोलाका कारण नवलपुर सदरमुकाम आवतजावतमा सम्वन्ध बिच्छेद भएको छ । 
सातपत्रे डाँडाको दुबैतर्फ पहिरो 
बिनयी त्रिबेणी 
यस्तै, बिनयी त्रिबेणी अन्तर्गत होङ्सी कारखाना तथा सर्दी जाने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ । 
प्रहरी ईन्स्पेक्टर बिकास बमले दिनुभएको जानकारी अनुसार पुर्ब–पश्चिम मुख्य मार्गबाट करीव ३ किलोमिटर उत्तरमा रहेको सातपत्रे डाँडाको दुबैतर्फबाट ठूलो पहिरो खस्दा ग्रामीण सडक अवरुद्ध भएको छ । 
ईन्स्पेक्टर बमका अनुसार बिनयी त्रिबेणी वडा नं. १ को बगुवनमा बिनयी खोला र नारायणीको ब्याक वाटरका कारण ५ घर डुवानमा परी प्रभाबित भएका छन् । 
अरुणखोलादेखि तल मध्यबिन्दु १२ जमुनेभारका २ घरमध्ये एउटा घरका २ जना र पशुचौपायाको उद्धार गरिएको जनाईएको छ । 
यहाँ पनि नारायणीको ब्याक वाटरले डुवानमा पारेको जनाईएको छ । 
नगरपालिकाको कार्यालय अगाडी बाढी र डुवान
देबचुली
देबचुली नगरपालिका क्षेत्रमा पहिरोले कुमसोतमा एउटा घरमा क्षति पुर्याएको खवर नगरपालिकामा प्राप्त भएको जनाईएको छ । 
गएरातीको ठूलो बर्षासँगै खोलानालामा चलेको बाढीले यहाँका कुनाघाट क्षेत्र हुदै धारापानी, कैलाशचोक भाग्यपुरी, दलदले क्षेत्रमा आशिंक खाल्टो भु बनोटमा रहेका घर संरचनाहरु डुवानमा परेका छन् । दलदले क्षेत्रमा पानीको प्राकृतिक निकासका रुपमा प्रयोग हुदै आएका घोलहरु प्लटिङ–प्लानिङमा साघुँरो बनाएपछि  समस्या उत्पन्न भएको निरीक्षणका क्रममा देखिएको छ । यहाँ नगरपालिकाको गेटै अगाडीदेखि कैलाशचोक र दलदले क्षेत्रमा बाढीको बढी प्रभाव देखिएको छ । 
यहाँ बौलाहा खोलाको पानी नहरको बाटो हुदै पसेपछि बाढी चलेको हो । बौलाहा खोलाले छेउछाउका केही भाग दायाँ र बायाँ कटान गरेको छ । 
देवचुली नगरपालिका वाड नं. ५ को कदमपुर देखि बन्दिपुर जाने ग्रामीण बाटो मा ठाउँ ठाउँमा पहिरो खसेर अवात जवात बन्द भएको छ । 

गैंडाकोटका ४ वटा वडा नारायणीबाट प्रभावित 
गैंडाकोट
गैंडाकोट नगरपालिकामा वडा नं. २, ५, ७ र १० नम्वर वडामा नारायणी नदीले प्रभाव पारेको नगरपालिकाका प्रशाशकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिनुभएको छ । 
नारायणी पुलदेखि पूर्बोत्तर तर्फको वोटे माझी मुसहर बस्ती डुवानमा परेपछि यहाँका ४० परिवारलाई स्थानीय अक्सफोर्ड कलेजमा स्थानान्तरण गरिएको नगरपालिकाले जनाएको छ । 
यस्तै वडा नम्वर ७ का २४ परिवारलाई सुरक्षित स्थानमा लैजान लागिएको जनाईएको छ । 
वडा नम्वर १० को एक रेष्टुरेष्टको भौतिक संरचना नष्ट भएको नगरपालिकाले जनाएको छ । 
मुकुन्दपुरतर्फ १० नम्वर वडामा समेत नारायणीको जोखिम बढेको भन्दै उद्धार कार्य थालिएको जनाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *