Wednesday, July 22, 2020

खगेन्द्र पराजुली, 
७ साउन, देबचुली । 
फोटोः रबिन कंडेलको फेसबुकबाट साभार । 


निरन्तरको बर्षाका कारण साउन ६ गते नवलपुर त्राहि–त्राहि भयो । नारायणीमा ४४ बर्षपछिकै उच्च जल सतह रहेको मापन भयो । महाभारत पहाड श्रृखलाबाट बग्ने ठाडा र खहरे खोलाहरु उर्लेर आउँदा नवलपुरका थुप्रै क्षेत्रमा त्रासको बातावरण सृजना भयो । बुलिङटारमा पहाडी क्षेत्रमा बाटो पुर्याउने नाममा अबैज्ञानिक ढंगले र हचुवामा ग्रामीण सडक खनेका कारण एक घरमा पहिरो खस्दा एक जोडी दम्पतीको  प्राकृतिक बिपत्तिमा परी ज्यान गुमेका टिप्पणीहरु उठे । 

यस्तै, नारायणीको उर्लदो भेलमा समेत नदी नियन्त्रणका नाममा नदी किनारमा ढुंगा खसालेर पानीमा बजेट बगाएको समेत प्रतिक्रियाहरु आएका छन् । 

देबचुलीमा भने कावासोती नगरपालिका वडा नं. ३ ले प्रकासित गरेको सार्वजनिक सुचनाले यतिबेला चर्चा पाएको छ । 

कावासोती नगरपालिका तथा नवलपुरकै सदरमुकामको मुटु मानिने सभापतिचोकमा बिगत केही बर्षदेखिको स्थाई समस्याको रुपमा रहेको ढल ब्यवस्थापन नहुँदा राजमार्ग समेत प्रभावित भएका कारण नगरबासीको चर्को आवाज उठेपछि वडा कार्यालयले असार ३० गते सार्वजनिक सुचना जारी गर्दै सार्वजनिक जग्गा तथा पानीको निकासका रुपमा रहेका कुलोमा रहेका संरचना ७ दिनभित्र नापी नक्शा बमोजिम साबिककै अवस्थामा कायम गरिदिन आग्रह गरेको थियो । 



अहिले कावासोतीको भन्दा पनि देबचुली १३ दलदलेको अवस्था यहाँको भन्दा भयावह देखिएको छ । यहाँ देबचुली १२ को लक्ष्मीपुर हुदै बर्षातको समयमा बग्ने भल तथा बाढीको प्राकृतिक निकासको रुपमा भाग्यपुरी घोल नै हो । तर दलदले बजारका रुपमा बिकसित हुदै गएपछि भाग्यपुरी पुलदेखि दक्षिणतर्फको अधिकांश घोलको क्षेत्र अतिक्रमणमा परेपछि र यहाँ भौतिक संरचना समेत बनेकाले समस्या भएको स्थानीयले आवाज उठाएका छन् । 

स्थानीयले अहिले नगरपालिका प्रशासन तथा जनप्रतिनिधि समेतलाई कावासोती वडा नं. ३ ले जारी गरेको सार्वजनिक सुचना प्रकाशित गर्ने हिम्मत देखाउन चुनौती दिएका छन् । 

दलदलेबासीले मेयर, उपमेयर र वडा नं. १३ का वडाध्यक्ष तथा नगरका प्रवक्ता समेत रहेको ठाउँमा सार्वजनिक जमिनको संरक्षण हुन नसक्नु बिडम्वनापूर्ण भएको भन्दै रोषपूर्ण भावना ब्यक्त गरेका छन् ।  

उता नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले भौतिक संरचनाहरुले गर्दा पानी जाने भाँडै सानो भएका हुनाले नअटाएका कारणले गर्दाखेरी यस्तो भएको बताउनुभएको छ । 

वहाँले स्थानीय रेडियोमा बाढी पहिरो अपडेटको प्रत्यक्ष अपडेटका क्रममा  यो दैबी प्रकोप भएकाले कल्ले कस्लाई दोष दिने हो र भन्दै यसको नियन्त्रणमा लाग्ने तयारी भएको बताउनुभएको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *