खगेन्द्र पराजुली,
७ साउन, नवलपुर ।
४२औ पुष्पलाल स्मृति दिवसमा आज देवचुलीमा बृक्षरोपण भएको छ ।
देबचुली नगरपालिका वडा नम्वर १२ स्थित कालिका मन्दिर परिसरमा रहेका शान्ति बाटिकामा बृक्षरोपण भएको हो ।
नेकपा देबचुली नगर कमिटिको आयोजनामा भएको बृक्षरोपण गण्डकी प्रदेश कमिटि सदस्य हरिप्रसाद न्यौपानेले बिरुवा रोपेर उद्घाटन गर्नुभएको हो ।
बृक्षरोपणमा देबचुलीका पार्टी कार्यकर्ता तथा बृक्षरोपण स्थल नजिकका स्थानीय शुभेच्छुक हरु सहभागी भएका थिए ।
बृक्षरोपण कार्यक्रमको अध्यक्षता नगर कमिटि अध्यक्ष प्रेमा खनालले गर्नुभएको थियो ।
यस्तै आजै कावासोती सभापतिचोकमा रहेको पुष्पलालको शालिकमा नवलपुरका नेकपा नेता तथा कार्यकर्ताले माल्यार्पण गरी पुष्पलाललाई स्मरण गरेका छन् ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment