Wednesday, July 22, 2020


 खगेन्द्र पराजुली, 
७ साउन, नवलपुर । 

कावासोतीको सिद्धार्थ आवासीय बोर्डिङ स्कुलले आज बुधवार मनौबैज्ञानिक प्राथमिक उपचार सम्वन्धि एक दिने मनोपरामर्श उत्प्रेरणा कार्यशाला सम्पन्न गरेको छ ।  बिद्यालयको सभाहलमा भएको कार्यक्रममा कस्मिक वर्ल्ड नेपालका कार्यकारी निर्देशक, लेखक तथा प्रेरक बक्ता डि आर पराजुलीले सहभागीलाई जीवनलाई सहज र सरल बनाउने बिषयमा मोटिभेसन गर्नुभएको थियो । 

वहाँले लामो समयसम्मको लकडाउन र कोभिड १९ संक्रमणको परिस्थितिमा उत्पन्न  मनोबृतिले आफ्नो निजि जीवन, परिवार र सामाजिक परिवेसमा समेत प्रभाव पार्न सक्ने भएकाले नकारात्मक प्रभाव न्यूनीकरणका लागी मनोबैज्ञानिक प्राथमिक उपचारका रुपमा मोटिभेसन तथा उत्प्रेरणा जगाउने खालका कार्यक्रम अत्यन्त उपयोगी हुने दावी गर्नुभएको छ । 

सिद्धार्थ माबिमा कक्षा १० मा अध्ययन गर्ने बिद्यार्थीका अभिभावक लक्षित कार्यक्रममा रोटरी क्लव अफ कावासोती तथा सामर्थ्य एफ एम का अध्यक्ष भरत शर्मा पोख्रेलले कार्यक्रम सफलताको शुभकामना दिने क्रममा अझै पनि सक्रमणको जोखिम टरिनसकेकाले सबैले सुरक्षाका सावधानी अपनाउन आग्रह गर्नुभएको छ । 



कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका कावासोती नगर शिक्षा शाखा अधिकृत राजन पाण्डेले लकडाउनपछि शैक्षिक क्षेत्रमा परेको प्रभावको चर्चा गर्दै हाम्रोे शिक्षण बिधिमा केही सोच्न बाध्य पारेकाले अवको शिक्षा आम्ने–साम्ने शिक्षक–बिद्यार्थी भन्दा पनि फरक खालको बिधि बिकल्प बन्नसक्ने बताउनुभयो । 

वहाँले यसरी गरिने शैक्षिक क्रियाकलापले बालबालिकालाई जिज्ञासु, अन्वेषणतर्फ आकर्षित गराउने र लामो समय सम्म सम्झन सक्ने हुने दावी गर्नुभयो । 

बिद्यालयका प्रिन्सीपल भोजराज दाहालले  स्वागतका क्रममा सरकारले लकडाउन हटाएसँगै अव सकारात्मक भावनासँगै बिस्तारै आफ्ना दैनिकीलाई सहज गराउँदै लैजानुपर्ने बताउनुभयो । 

कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रराज भुर्त्यालले गर्नुभएको थियो भने उद्घाटन कार्यक्रमको सहजीकरण भाईस–प्रिन्सीपल अशोक पौडेलले गर्नुभएको थियो । 

फोटोः ज्ञानु पंगेनीबाट

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *