खगेन्द्र पराजुली
९ साउन, नवलपुर ।
साउनमा नेपाल भित्रिएका नवलपुरका ४ जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । नयाँ ४ संक्रमित थपिएसँगै नवलपुरमा संक्रमण पुष्टि हुनेको संख्या ३ सय २ पुगेको छ ।
नवलपुरको मध्यबिन्दुका ४ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाको अद्यावधिक बिवरणको प्रेस बिज्ञप्ति मार्फत जानकारी गराईएको हो ।
आज संक्रमण पुष्टि हुनेमा १ जना सामुदायिक क्वारेन्टाईनमा रहेका र ३ जना होम क्वारेन्टाईनमा बसेका पुरुष हुन् ।
दिल्लीबाट सुनौली हुदै आएका वडा नं. ३ का २५ बर्षका युवक पालिकाले खडा गरेको जनता माबिको क्वारेन्टाईनमा २ गते क्वारेन्टाईनमा बसेका थिए भने १ गते भारतवाटै सुनौली हुदै सुनौलीवाट मोटरसाईकलमा आएक वडा नं. ९ का ५० बर्षका पुरुष होम क्वारेन्टाईनमा बसेकामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, वडा नं. १० का २४ बर्षका युवा साउदीवाट १ गते र साउदीबाटै २ गते आएका २२ बर्षका युवकमा संक्रमण पुष्टि भएको हो । यी दुबै जना काठमाण्डौबाट बसमा आई अरुणखोला ओर्ली अटोमा घरसम्म पुगी घरकै क्वारेनटाईनमा बसेको नगरपालिकाले जनाएको छ ।
यो सहित मध्यबिन्दुमा संक्रमितको संख्या ५४ पुगेको छ भने यहाँ संक्रमणमुक्त हुनेको संख्या ४२ रहेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment