खगेन्द्र पराजुली,
१० साउन, नवलपुर ।
कावासोती नगरपालिकाका एक जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टि भएसँगै नवलपुरमा संक्रमित हुनेको संख्या ३ सय ७ पुगेको छ ।
मंगलवार संकलन गरी परीक्षणका लागी हेटौडा पठाईएका १ सय ८ स्वाव नमूनामध्ये कावासोती वडा नं. ८ का ४२ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा कावासोतीका प्रमुख कृष्ण प्रसाद नागिलाले जानकारी दिनुभएको हो ।
ती संक्रमित असार २२ गते सेनाको एस्कर्टिङमा कावासोतीको रिफ्रेस सेन्टरमा आई सिधै वडाकै जनकल्याण माबिको क्वारेन्टाईनमा बसेको जनाईएको छ । उनी साउदीबाट आएका थिए ।
ती संक्रमित असार २२ गते सेनाको एस्कर्टिङमा कावासोतीको रिफ्रेस सेन्टरमा आई सिधै वडाकै जनकल्याण माबिको क्वारेन्टाईनमा बसेको जनाईएको छ । उनी साउदीबाट आएका थिए ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार केही दिन २ सय ९८ जनामा स्थिर रहेको नवलपुरमा हिजो शुक्रवार मध्यबिन्दुका ६ जना र बिनयी त्रिबेणीका २ जना र आज शनिवार हेटौडाबाट प्राप्त रिपोर्टमा कावासोतीका १ जना गरी थप ९ जना संक्रमित थपिएका हुन् ।
यस्तै, नवलपुरका २ सय २० जना निको भई डिस्चार्ज भएका छन् ।
नवलपुरको आईशोलेशनमा बसेका स्याङ्जाका १ र तनहुँका १ जना संक्रमित पनि संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
अहिलेसम्म नवलपुरका आठ वटै पालिका अन्तर्गत संक्रमित पुष्टि हुनेमा गैंडाकोट नगरपालिकामा ५०, देबचुली नगरपालिकामा २५ कावासोती नगरपालिकामा ४७ र मध्यबिन्दु नगरपालिकामा ५६ जना पुगेका छन् ।
यस्तै, बिनयी त्रिबेणी गाउँपालिकाका २१, हुप्सेकोट गाउँपालिकाका ३४, बुलिङटार गाउँपालिकाका ३८ र बौदीकाली गाउँपालिकाकाका ३६ जनामा संक्रमण पुष्टि भएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment