खगेन्द्र पराजुली,
११ साउन, नवलपुर ।
गैंडाकोटका २ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । योसँगै गैंडाकोटमा मात्रै कोभिडबाट संक्रमित हुनेको संख्या ५२ पुगेको छ भने नवलपुरमा संक्रमित संखया ३ सय ९ पुगेको छ ।
पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार गैंडाकोटका १ महिला र १ पुरुष गरी २ जनामा संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी गराउनुभएको हो ।
संक्रमित २ जना नै गैंडाकोट ५ का भएको र क्वारेन्टाईनमै बसेकामा संक्रमण पुष्टि भएको छ ।
दुबईवाट आएका २४ बर्षका युवक असार २८ गते सेनाले ब्यवस्थापन गरी पठाएको गाडीमा आई पालिकाले खडा गरेको क्वारेन्टाईनमा बसेका हुन् भने ४० बर्षीया महिला असार २५ गते बिरगंजबाट आएकी नगरपालिका स्रोतले जनाएको छ ।
२५ गते बिहानसम्म गैंडाकोटमै रहेकी ती महिला आफन्तलाई लिन भनी स्कुटरमा बिरगञ्ज पुगी त्यहाँवाट दुईजना एउटै स्कुटरमा आएका थिए । घरमा आएलगत्तै दुबैजनालाई क्वारेन्टाईनमा राखिएको थियो । क्वारेन्टाईन बसेका उनीहरुमा गरिएको पिसीआर परिक्षणमा बाहिरबाट आउनेमा नेगेटिभ देखिएको तर लिन जाने ती महिलामा भने कोरोना पोजेटिभ देखिएको ट्राभल हिस्ट्री खुलेको छ ।
गैंडाकोटमा अहिलेसम्म २७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको छन् । आज आईतवारको पछिल्लो अद्यावधिक बिवरणमा गैंडाकोटका संक्रिय संक्रमित २५ जनाको आईशोलेशनमा रहेका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment