खगेन्द्र पराजुली,
११ साउन, नवलपुर ।
देबचुली नगरपालिकाका कोरोना संक्रमण पुष्टि भएका २५ जनामध्ये २४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज आईतवार ६ जनाको पिसीआर पुनः परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २४ पुगेको नगर स्वास्थ्य शाखा देबचुलीले जनाएको छ ।
स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार वडा नं. ३ का एक जना संक्रिय संक्रमित रजहरस्थित प्राकृतिक आईशोलेशनमा उपचाररत छन् ।
संक्रिय संक्रमितका रुपमा उपचाररत ४० बर्षकी ती महिला नगरपालिकामा संक्रमित पुष्टि हुने अन्तिम अर्थात् २५ औ संक्रमित हुन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment