खगेन्द्र पराजुली,
१२ साउन, नवलपुर ।
निरन्तरको बर्षाका कारण देबचुलीका बिभिन्न स्थानमा मुल फुटेपछि यहाँका प्रगतिनगर वजार सहित छत्तिसघर आसपासका बस्तीमा प्रभाव परेको छ ।
गत ४ गतेदेखि ८ गतेसम्म परेको अबिरल बर्षापछि यहाँका अधिकांश क्षेत्रमा मूल फुटेका छन् । बिगत धेरै बर्षसम्म बर्षामा पनि मुल फुट्न नसकेको यस क्षेत्रमा अहिले मुल फुटेर पानीको मात्रा बढेसँगै घरभित्र पानी पस्ने बाटो–घाटोमा पानी बग्ने समस्या आएको छ ।
गएरातीदेखी परिरहेको बर्षासँगै आकाशबाट बर्षेको पानी संगालिएर समेत अहिले देबचुली १४ मा रहेको अस्थायी प्रहरी चौकीलाई जोगाउन पानीको निकास स्थल बढाउने काम भैरहेको छ । यहाँ जेसिभी नै लगायर पानी बग्ने खोल्सो बढाउन थालिएको छ ।
यस्तै, देबचुली १५ अन्तर्गत बजार क्षेत्रका ८—१० घर र बजार तलका ४–५ घरभित्रै पानी पसेर तल्लो तलामा पानी सतह २ फिटसम्म तालिएको वडाध्यक्ष हरिभक्त भटराईले जानकारी दिनुभएको छ ।
वहाँका अनुसार बिहान ३ बजेदेखी यहाँको राजमार्गबाट पानी पास हुने ठाउँ साघुँरो भएकाले राजमार्गबाट उत्तरतर्फ जाने बाटो समेत भरिएर राजमार्गभन्दा होचो सतहमा भुई तला भएका घरहरु डुवानमा परेका हुन् ।
माथीवाट बग्दै आएको पानी भएपनि नहर–तथा सिचाई कुलामा पानी आएको छैन तर मुल फुटेको पानी र आकासबाट परेको पानी जम्मा भएर आउँदा मात्रै पनि डुवानको समस्या आयो वहाँले भन्नुभयो ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment