खगेन्द्र पराजुली,
१२ साउन, नवलपुर ।
हिजो आईतवारको प्रदेश सभा बैठकमा नवलपुरबाट प्रतिनिधित्व गर्नुभएका गण्डकी प्रदेश सांसद बिष्णुप्रसाद लामिछानेले नारायणी लगायत केरुङखोलाले पारेको असरका बारेमा कुरा उठान गर्नुभएको छ ।
साँसद लामिछानेले मुलुक कोरोनाको संक्रमणबाट त्रस्त भएका बेला बाढी र पहिरोले आक्रान्त पारेको अवस्थाका बारेमा सदन बैठकमा अवगत गराउनुभएको हो ।
वहाँले बुलिङटारमा दलित दम्पतीको पहिरोमा परी मृत्यु भएकोमा तत्काल उनीहरुको परिवारलाई क्षतिपूर्ति प्रदान गरिनुपर्ने माग गर्नुभयो ।
वहाँले नारायणी नदीले धेरैतिर कटान गरेको अवस्था रहेको जानकारी गराउँदै गैंडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिकाका धेरै स्थानमा नारायणीले कटान गरेको सदनमा जानकारी गराउनुभयो ।
वहाँले मध्यविन्दुमा नारायणीले गरेको कटान रोक्न तत्काल पहल नभएको भए ठूलो क्षति हुने सम्भावना रहेकाले संघ प्रदेश र स्थानीय तहले यहाँ नारायणी नदी नियन्त्रणमा गरेको प्रयास र कामको स्वागत गर्नुभएको छ यद्यपि, यति प्रयासले यहाँको संकट भने नटरेको वहाँले बताउनुभयो ।
वहाँले भन्नुभयो नदीको बहाव परिवर्तनका लागि थप रकम चाहिन्छ । नारायणी नदी मात्र होइन नवलपुरका केरुङे लगायतका खोलाले ठूलो क्षति पुर्याएका छन् । बजेट सक्ने काम भएको छ । तर दीर्घकालीन काम हुन सकेको छैन । वहाँले भन्नुभयो ।
मध्यविन्दु र कावासोतीको अमलटारीमा नारायणी नदी गाउँमा पसेर २१ घर विस्थापित भएको बताउँदै वहाँले अमलटारीबाट नारायणीलाई पुरानै धारमा फर्काउन सकियो भने त्यहाँको धेरै समस्या समाधान हुने समेत प्रदेश संसदमा बोल्नुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment