Tuesday, July 28, 2020

यसभित्रका मुख्य बुँदा
अहिले प्रयोगमा आएका बिद्यालय खाली गरिने 
वडा नं. १ र १७ मा मात्रै क्वारेन्टाईन बनाईने 
उद्योग बाणिज्य संघको भवन होल्डिङ सेन्टर
बिना जानकारी बाहिरबाट कामदार ल्याउने कम्पनीले ५ हजार जरिवाना
बिना जानकारी आउने ब्यक्तिले १ हजार  जरिवाना तिनुपर्ने
अटोमा २ जनाभन्दा बढी यात्रु राख्न नपाईने
मास्क नलगाई हिडेमा १ सय रुपैया जरिवाना

खगेन्द्र पराजुली,
१३ साउन, नवलपुर । 

कोरोना भाईरस कोभिड १९ ब्यापीकरण हुदा नवलपुरको पहिलो संक्रमितको रुपमा फेला परेपछि सन्त्रास फैलिएको देबचुली नगरपालिकाले अव सामुदायिक क्वारेन्टाईन ब्यवस्थापनलाई परिमार्जन गर्नेभएको छ ।  

कार्यपालिकाको बैठकले देबचुलीमा नगरपालिकाले सामुदायिक क्वोन्टाईनका रुपमा प्रयोग गर्दै आएका १५ वटा सामुदायिक बिद्यालयलाई खाली गदै वडा नं. १७ र १ का २ वटा बिद्यालयलाई सामुदायिक क्वारेन्टाईनका रुपमा प्रयोग गर्ने भएको छ । यद्यपि, घरमै क्वारेन्टाईन मापदण्ड पुरा गर्न मिल्ने भौतिक पूर्वाधार सहित पारिवारीक अवस्था समेत मिल्नेलाई घरमै क्वारेन्टाईनमा ब्यवस्थापन गर्न सकिने पनि निर्णय भएको छ । 

अहिले पनि यहाँका ९ वटा सामुदायिक बिद्यालयमा क्वारेन्टाईनमा बस्नेहरु रहेकाले अव १५ दिनभित्रमा यही प्रयोगमा आएका बिद्यालय खाली गरिने गरी प्रक्रिया थालिसकिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले बताउनुभएको छ । 

यस्तै नगरपालिकाले लकडाउन खुकुलो भएसँगै नगरक्षेत्रमा अन्यन्त्रबाट पनि मानिसहरु आउन सक्ने हुँदा होल्डिङ सेन्टर समेत ब्यवस्थापन गरेको छ । 

नगरपालिकाले अन्यत्रबाट आउने जोकाहीलाई उद्योग बाणिजय संघ देबचुलीको भवनलाई होल्डिङ सेन्टरका रुपमा उपयोगमा ल्याउने भएको हो । 

बाहिरबाट आउनेले अनिवार्य रुपमा नगरपालिकामा जानकारी गराउनुपर्ने अन्यथा आफूखुसी लुकिछिपी आउनेलाई एक हजार रुपैया र बिना जानकारी बाहिरबाट कामदारका रुपमा मजदुर ल्याउने कम्पनी तथा ब्यवसायिक प्रतिष्ठानलाई ५ हजार रुपैयाँ जरिवाना तोकेको नगरपालिकाको निर्णय छ । 

नगर क्षेत्रमा सञ्चालित अटोरिक्सामा २ जनाभन्दा बढी यात्रु लिएर हिड्न नपाउने समेत नगरपालिकाले निर्णय गरेको छ भने मास्क नलगाई हिड्नेलाई १ सय रुपैया जरिवाना तोकेको छ । 

क्वारेन्टाईनका रुपमा प्रयोग गरिएका बिद्यालयका कोठा खाली भएपछि निर्मलीकरण तथा रंगरोगन समेत नगरपालिकाले गरिदिने भएको छ । 

स्वास्थ्य शाखा देबचुलीका प्रमुख रामकुमार श्रेष्ठका अनुसार देबचुलीका २५ जना संक्रमितमध्ये २४ जना निको भएका छन् । एक जना प्राकृतिक आईशोलेशनमा उपचाररत छन् । यहाँ सामुदायिक क्वोन्टाईनमा आज ५५ जना छन् । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *