Tuesday, July 28, 2020


खगेन्द्र पराजुली, 
१३ साउन, नवलपुर । 

कावासोतीका ५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । योसँगै कावासोतीमा संक्रमण पुष्टि हुनेको संख्या ५२ पुगेको छ भने नवलपुरमा संक्रमितको संख्या ३ सय १५ पुगेको छ । 

आज संक्रमण पुष्टि हुनेमा ३ जना भारतवाट, १ जना साउदी अरव र १ जना युइईको दुबईबाट आई क्वारेन्टाईनमा बसेका भएको नगरपालिकाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । 

नगर स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद नागिलाका अनुसार वडा नं. १६ का २१ बर्षका, १३ का २४ बर्षका, १ का २९ बर्षका, ८ का २४ बर्षका र ३ का २२ बर्षका युवाहरुमा संक्रमण पुष्टि भएको हो । 

यस्तै, नवलपुरका थप २ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभएको छ । 

यो सहित नवलपुरमा निको हुनेको संख्या २ सय ६९ पुगेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *