Thursday, July 30, 2020


खगेन्द्र पराजुली, 
१५ साउन, नवलपुर । 

नवलपुरमा खोलाले बगाएर आज बिहान एक महिलाको ज्यान गएको छ । हुप्सेकोट गाउँपालिका वडा नं. २ र ३ को सिमाना कोलिया स्थित गिरुवारी खोला तर्ने क्रममा ३ जनामध्ये १ महिलालाई खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले पुष्टि गरेको छ । 

हुप्सेकोट २ की २४ बर्षकी सिता परियारलाई खोलाले बगाएर ३ किलोमिटर तल मध्यबिन्दु ९ सिम्रेनीमा पुर्याएको प्रहरीले जनाएको छ । 

सोही ठाउँका २८ बर्षकी तारा परियार र २२ बर्षकी भूमिसरा परियार भने सकुशल रहेको जनाईएको छ । 
प्रहरीले घटनास्थलमा प्रारम्भिक मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागी प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा पठाएको छ । 

यो खोलामा पुल नहुँदा जोखिम मोलेरै खोला तर्नुको अर्को बिकल्प नभएको स्थानीयले बताएका छन् । 
धेरै पहिलेदेखि नै यहाँको आवतजावत सहजताका लागी झोलुङ्गे पुल बनाउन आग्रह गर्दा समेत यहाँवाट नेतृत्व गर्नेहरुवाट सुनुवाई नभएको बताएका छन् । 

स्थानीय मुक्त गुरुङका अनुसार उक्त ठाउंमा पुल बनाउनको लागि यो बर्ष भने प्रदेश सरकारले रु पच्चिस लाख बजेट विनियोजन गरेको  भएपनि दुर्भाग्यबश पुल निर्माण हुनु अघि खोलाले बगाएर ती महिलाको ज्यान गुमेकोमा  धेरै दुखित भएको बताउनुभयो । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *