खगेन्द्र पराजुली,
१५ साउन, नवलपुर ।
नवलपुरको बौदीकालीका एक पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा संक्रमित हुनेको संख्या ३ सय २२ पुगेको छ ।
आज संक्रमण पुष्टि हुनेमा बौदीकाली गाउँपालिका वडा नं. ६ का ३० बर्षका पुरुष हुन् ।
साउदी अरवबाट आएका ती पुरुष असार २८ गते पालिकाको क्वारेन्टाईनमा बसेका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुबेदीले बताउनुभएको छ ।
आज एक जना संक्रमित थपिएसँगै बौदीकालीमा संक्रमितको संख्या ३७ पुगेको छ भने संक्रमणमुक्त भई घर फर्कनेको संख्या २७ रहेको छ ।
संक्रमित ती पुरुषलाई प्राकृतिक आईशोलेशन पठाईसकिएको नगरपालिकाले जनाएको छ । वहाँले बौदीकालीका १० जना संक्रिय संक्रमितको प्राकृतिक चिकित्सालयको आईशोलेशनमा उपचार चलिरहेको बताउनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment