Thursday, July 30, 2020


खगेन्द्र पराजुली, 
१५ साउन, नवलपुर । 

देबचुली नगरपालिकाको वडा नं. ५ को नवनिर्मित कार्यालय भवन उद्घाटन भएको छ । भवन उद्घाटनसँगै अव वडा कार्यालयबाटै वडाबासीले सेवा पाउने भएका छन्
 । 
आज उद्घाटन समारोहको आयोजना गरी नगरप्रमुख पूर्णकुमार श्रेष्ठले कार्यालय भवनको उद्घाटन गर्नुभएको हो । 

वडाअध्यक्ष शिवलाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसाल लगायत देबचुली नगरपालिकाका अन्य वडाका वडाध्यक्ष समेतको उपस्थिति रहेको थियो । 

काठमाण्डौको डोको कन्ट्रक्सन प्रालिले निर्माण ठेक्का लिएको उक्त भवनमा कम्पाउण्डिङको काम थप भएसँगै करीव २५ लाखको हाराहारीमा निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले बताउनुभएको छ । 

वहाँका अनुसार नयाँ बनाईएका वडा कार्यालय भवनहरु २२ लाख देखी २५ लाख भित्रमा सम्पन्न भएका छन् । 
यहाँका १७ वटा वडामध्ये वडा नं. १ र ३ ले साबिकको दिब्यपुरी गाबिस भवनबाट संयुक्त रुपमा सेवा दिईरहेका छन् । यस्तै १६ नं. ले रजहर गाविसको साविककै भवनबाट र ७ नं. ले साविकको वडा कार्यालय भवनबाट सेवा प्रदान गरेका छन् । 

१२ नं. वडा कार्यालयले नागरपोखरी उद्यानमा रहेको पुरानो भवनमा वडा कार्यालय सञ्चालन गरेको छ । 
वडा नं. १०, १३, २ र ११ का भवनहरु अव निर्माण सम्पन्नको चरणमा रहेकाले त्यहाँबाट छिटै  वडाका कार्य सम्पादन हुने वहाँले बताउनुभयो ।

वहाँका अनुसार अहिले वडा नं. २ ले दिब्यपुरीकै साविकको गाबिस भवनबाट र १०, ११, १३ र १५ ले नगरपालिका भवनमै कार्यालय सञ्चालन गरेका छन् । 

यस्तै, देबचुली १५ प्रगतिनगरमा भने उपयुक्त स्थानको ब्यवस्था नभएकाले भवन निर्माण गर्न नसकिएको भए पनि घर भाडामा लिएर वडाबाटै सेवा दिने तयारीमा रहेको जनाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *