Friday, July 10, 2020


देबभूमी खवर–
२६ असार, नवलपुर । 

कावासोतीमा रहेको सेन्ट जोसेफ स्कुलले लकडाउनका बेला बिद्यालय बन्द भए पनि आफ्ना कर्मचारीलाई दिदै आएको तलवको ५० प्रतिसत पारिश्रमिक दिने भएको छ । 

लकडाउनका बेला घरमै बसेको भए पनि बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी समेत गरी ६० जनालाई दिदै आएको तलवको ५० प्रतिसत पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको प्रिन्सीपल कमल चापागाईले बताउनुभयो । 

वहाँका अनुसार चैत्रदेखी नै शैक्षिक संस्थाहरुमा पठन–पाठन प्रभावित भए पनि चैत्रसम्मको पुरा तलव दिए पनि बैशाख, जेठ र असार ३ महिनाको आधा पारिश्रमिक दिने निर्णय भएको छ । 

साउन महिनापछि भने परिस्थिति र अवस्थालाई मध्यनजर गर्दै पछि नै निर्णय हुने जनाईएको छ । 
यस्तै यही असार २८ गतेदेखि बिद्यालयको प्रशासन र लेखा शाखा नियमित खुल्ने समेत जनाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *