Tuesday, August 4, 2020


खगेन्द्र पराजुली, 
२० साउन, नवलपुर । 

हिजो साँझ नारायणी पुलबाट हाम फालेर बेपत्ता भएकी भनिएकी युवतीको नारायणी नदी किनारबाट सकुसल उद्धार भएको छ । 

गैंडाकोट २ स्थित नारायणी पुलबाट हाम फालेकी गैंडाको ३ की २२ बर्षकी युवती खोजतलासका क्रममा आज मंगलवार बिहान नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी गराएको छ । 

ती युवतीलाई प्रहरी तथा स्थानीयले खोजतलासका क्रममा भरतपुर महानगरपालिका वडा नं. ४ पट्टीको रामघाट किनारबाट उद्धार गरिएको प्रहरी निरीक्षक बिशाल तामाङले जानकारी दिनुभयो । 

उनलाई आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *