खगेन्द्र पराजुली,
१९ साउन, नवलपुर ।
नवलपुरमा संक्रमण पुष्टि भएकामध्ये ९३ दशमलव २७ प्रतिसत संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
पछिल्लो अद्यावधिक बिवरण अनुसार यहाँ संक्रमण पुष्टि भएका कुल संक्रमित ३ सय २७ मध्ये ३ सय ५ जनामा निको भएका छन् ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी संक्रमितको सूची रहेको नवलपुर जिल्लामा अहिले उपचाररत २२ जना संक्रमितमध्ये २१ जना प्राकृतिक चिकित्सालयको अस्थायी कोभिड १९ जिल्ला अस्पतालमा उपचाररत छन् भने १ जना भरतपुरमा उपचाररत छन् ।
प्राकृतिक चिकित्सालयको पछिल्लो बिवरण अनुसार अहिलेसम्म बिभिन्न मितिमा संक्रमण पुष्टि भएकामध्ये असार मसान्त सम्मका सबै संक्रमित डिस्चार्ज भएका छन् । अव यहाँ साउन १ गतेदेखि १८ गतेसम्मका संक्रमित छन् । जसमा २ महिला र १९ जना पुरुष उपचाररत रहेको प्राकृतिक चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले बताउनुभयो । यीमध्ये गैंडाकोटका २ जना महिला छन् ।
साउन १ का बुलिङटारका १ जना, १० गतेका बिनयीत्रिबेणीका १ जना, ११ गतेका गैंडाकोटका २ जना र १४ गतेका ३ जना, १३ गतेका कावासोतीका ५ जना, १४ गतेका हुप्सेकोटका ४ जना र १८ गतेका ३ जना, १५ गतेका देबचुलीका १ जना र बौदीकालीका १ जना उपचाररत रहेको डा. पौडेलले बताउनुभएको हो ।
यस्तै, जिल्लाबाहिर भरतपुरमा उपचाररत गैंडाकोटका एक जना पुरुष सहित नवलपुरमा सक्रिय संक्रमित २२ जना छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment