Monday, August 3, 2020


खगेन्द्र पराजुली, 
१९ साउन, नवलपुर । 

बिघ्न–बाधा, रोग–ब्याधि र नकारात्मक तत्वबाट सुरक्षा हुने बिश्वासका साथ प्राकृतिक चिकित्सालयमा उपचाररत कोरोना संक्रमितले आईशोलेनमै रक्षाबन्धन मनाएका छन् । 

योग–ध्यान, ब्यायाम–प्रणायाम, आरती–भजन किर्तनका माध्यमवाट समेत मानसिक रुपमा कोरोनाका बिरुद्ध छिटो बिजय प्राप्त गर्ने साहस जुट्ने मनोबैज्ञानिक सुत्रलाई प्रयोग गर्दै गतिबिधि सञ्चालन गर्दै आएको प्राकृतिक चिकित्सालयको आफ्नै उपचार बिधिले संक्रमित छिटो निको भएको अस्पताल ब्यवस्थापनको दावी समेत रहेको छ ।

यसैबीच आज परेको जनै पुर्णिमा पर्वको अवसरमा संक्रमितमध्येका एक  पण्डितले आईशोलेशनमै रहेकालाई रक्षासुत्र धागो बाधेर र जनै धारण गर्नेलाई नयाँ जनै धारण गराएर रक्षाबन्धन मनाएका छन् । 

चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलका अनुसार चिकित्सालयको ब्यवस्थापनमा आवश्यक जनै तथा रक्षासुत्र उपलब्ध गराएर आईशोलेशनभित्रै अत्यत्न हर्षोल्लासका साथ कोरोना संक्रमितले रक्षाबन्धन मनाए । 
आईशोलेशनमा ती संक्रमितले  फलफूल ग्रहण समेत गरेका छन् । 

अहिले प्राकृतिक आईशोलेशनमा नवलपुरका मात्रै २१ जना संक्रिय कोरोना संक्रमित उपचाररत छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *