Sunday, August 2, 2020


खगेन्द्र पराजुली, 
१८ साउन, नवलपुर । 

नवलपुरको हुप्सेकोटका ३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

आज संक्रमण पुष्टि भएका थप ३ जना सहित नवलपुरमा संक्रमितको संख्या ३ सय २७ पुगेको छ । 

बुटवलको प्रयोगशालामा भएको परिक्षण रिपोर्टमा यहाँबाट पठाईएका ३३ स्वावमध्ये ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

साउदी अरबबाट आई असार २३ गते पालिकाको क्वारेन्टाईनमा बसेका हुप्सेकोट १ का २५ बर्षका, भारतवाट आई साउन १ गते क्वारेन्टाईनमै बसेका सोही वडाका २३ बर्षका र युएईको दुबईवाट आई साउन ४ गते क्वारेन्टाईनमा बसेका वडा नं. ५ का २५ बर्षका युवामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा हुप्सेकोटका प्रमुख कृष्णप्रसाद सापकोटाले बताउनुभएको छ । 

वहाँका अनुसार पछिल्लो बिवरण अनुसार हुप्सेकोटमा ४१ जनामा संक्रमण पुष्टि भएकामा ३४ जना संक्रमणमुक्त भएसँगै संक्रिय संक्रमितको संख्या ७ जना रहेका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *