Saturday, August 1, 2020


खगेन्द्र पराजुली
१७ साउन, नवलपुर । 

नवलपुरका ४६ जना संक्रिय संक्रमितमध्ये आज २३ जना संक्रमणमुक्त भएका छन् । आज प्राकृतिक चिकित्सालयबाट २२ जना र झ्याल्टुङडाँडा ब्यारेकबाट १ जना गरी २३ जना संक्रमणमुक्त भएका हुन् ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार आज थप २३ जना संक्रमणमुक्त भएसँगै यहाँका ३२४ संक्रमितमध्ये ३ सय १ जना निको भएका छन् । 

अव यहाँ २३ जना संक्रिय संक्रमित रहेकामा २१ जनाको प्राकृतिक आईशोलेसनमा र २ जनाको भरतपुरमा उपचार भैरहेको छ । 

प्राकृतिक चिकित्सालयको प्राकृतिक उपचारकै कारण यहाँका संक्रमित छिटो निको भएका छन् । 

हिजो शुक्रवार नै स्वाव संकलन गरी पिसीआर परीक्षणका लागी पठाईएका ३५ स्वावमध्ये ३० स्वावको रिपोर्ट प्राप्त हुँदा २३ जनामा नेगेटिभ पुष्टि भएको हो । यस्तै ५ वटाको रिपोर्ट आउनै वाँकी रहेको समेत स्वास्थ्य प्रमुख चापागाईले बताउनुभयो । 

अहिले प्राकृतिक आईशोलेसनबाट संक्रमणमुक्त भएकाहरुलाई निरोगिताको प्रमाणपत्र सहित डिस्चार्ज गर्ने तयारी भईरहेको चिकित्सालयका निर्देशक डा. बिनाद पौडेलले जानकारी दिनुभएको छ । 

आज डिस्चार्ज हुनेहरुलाई प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमाणपत्र प्रदान गर्नुहुने डा. पौडेलले बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *