खगेन्द्र पराजुली
१७ साउन, नवलपुर ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहमा अराजकता भएको बताउनुभएको छ ।
वहाँले स्थानीय सरकारले पास गर्ने नीति कार्यक्रम, ल्याउने बजेट र कार्यान्वयन गर्छ तर त्यसको अनुगमन गर्ने निकाय नहुँदा यस्तो अवस्था देखिएको बताउनुभएको छ ।
मुख्यमन्त्री गुरुङले प्रदेश सरकारलाई स्थानीय तहमा केन्द्र र प्रदेश सरकारको बजेट कार्यान्वयनको अनुगमनको अधिकार हुनुपर्छ भन्ने महशुस भएको बताउनुभयो ।
वहाँले भन्नुभयो– जसरी केन्द्र सरकारले बजेट दिने हुँदा प्रदेश सरकारको बजेट कार्यान्वयनमा हेर्छ त्यसरी नै प्रदेशले हेर्नुपर्ने आवश्यकता महशुस भएको हो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment