Saturday, August 1, 2020


खगेन्द्र पराजुली
१७ साउन, नवलपुर । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले संघ र प्रदेशको अन्तरद्वन्द र अन्तर–झगडा अहिले पनि रहेको स्वीकार्नुभएको छ । 

मुख्यमन्त्री गुरुङले यो अन्तर–सम्बन्धबीचको अन्तरद्वन्द सापेक्षतामा हेर्दा पहिले जस्तो भने नरहेको जिकिर गर्नुभयो । 

वहाँले संघीयतालाई कार्यान्वयन गर्न अभ्यास गरेका अन्य मुलुकहरुसँगको अवस्थासँग तुलना गर्दा यहाँको स्थिति नमूना रहेको समेत दावी गर्नुभयो । 

वहाँले अहिले प्रदेश सरकारले गरेको महत्वपूर्ण र नदेखेको बिषयमध्ये धेरै कठिनाई र तानातानका बावजुद प्रदेशको अधिकार र स्रोतसाधन ब्यवस्थापन, बितरण पर्याप्त नहुँदा–नहुदै आफु सन्तुष्ट नभए पनि आधारभूत प्रबन्ध भएको बताउँदै अव प्रदेश सरकार चल्नै नसक्ने अवस्थामा नभएको दावी गर्नुभयो । 

वहाँले भन्नुभयो– अव मैले प्रदेश सरकारको हैसियतले संघले कर्मचारी पठाएन, कार्यालयहरु हस्तान्तरण गरेन, ऐन–कानूनहरुको ढोका खोलिदिएन भन्ने ठाउँ छैन यो अव तपाईहरुका अगाडी भन्दिन वहाँले भन्नुभयो । 

वहाँले एउटै पार्टीको प्रधानमंत्री, मुख्यमन्त्री र स्थानीय सरकारको प्रमुख भएकै ठाउँमा पनि किन समन्वय नभएको जस्तो लागे पनि यो सम्वन्धित सरकारको अधिकारको लागी छलफल भएको बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *