Saturday, August 1, 2020


खगेन्द्र पराजुली
१७ साउन, नवलपुर । 

नमूना सदरमुकाम निर्माणका लागी नवलपुरमा यो वर्षदेखी भवन बनाउने काम शुरु हुने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बोल्नुभएको छ । 

नवलपुर जिल्लाको सदरमुकामलाई नमूना सदरमुकामको रुपमा एकिकृत प्रशासनिक भवन  बनाउन यसैबर्षदेखि थालिने भएकाले प्रदेशले अहिले छुट्याएको १ करोड बजेट शिलान्यास भईसकेकाले भए पनि यसमा प्रदेशको ठूलो बजेट लगानी हुने बताउनुभयो । 

वहाँले भन्नुभयो– प्रदेशले २० करोड छुट्याउनुपर्छ भने तयार छौं, प्रदेशले ५० करोड छुट्याउनुपर्छ भने त्यो पनि हामी तयारै छौं । 

वहाँले प्रधानमंत्रीले शिलान्यास गर्नुभएकोले पनि अव बन्ने यहाँको सदरमुकाम नमूना हुनेमा कुनै सन्देह नभएकाले यसलाई सामान्य बजेटको अपेक्षा नगर्न पनि सुझाउनुभयो । 

वहाँले यो अरबौ रुपैयाको बजेटबाट हुने काम भएकाले संघ र प्रदेशको सहमति अनुसार काम हुने बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *